काठमाडौं । तराई–मधेशका जिल्लामा आज चौठचन्द्र (चौरचन) पर्व श्रद्धापूर्वक मनाइँदैछ। यस अवसरमा व्रतालुहरू दिनभर उपवास बसेर साँझ गणेश र चन्द्रमाको पूजा गरी अर्घ्य दिने गर्छन्।
पर्वका लागि घर–आँगन लिपपोत गरी चामलको पिठोबाट आकर्षक अरिपन बनाइन्छ। त्यसमा पूजाका सामग्री राखेर दही, केरा, मिठाई, खीर, पुरीलगायतका परिकार चढाउने परम्परा छ।
चन्द्रमालाई अर्घ्य दिएपछि प्रसाद ग्रहण गरी आफन्त तथा इष्टमित्रलाई बाँड्ने गरिन्छ। परिवारको सुख, समृद्धि र मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण मधेशमा चौठचन्द्र पर्व विशेष महत्वका साथ मनाइन्छ।
धार्मिक मान्यताअनुसार ज्योतिष तथा तत्कालीन नरेश हेमांगद ठाकुरले चौठचन्द्र पर्वको सुरुवात गरेका थिए। यो पर्व नेपालका मधेशी समुदायसँगै भारतका केही राज्यमा समेत प्रचलित छ।
सम्बन्धित खबर

प्रतिक्रिया