काठमाडौं । यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीबीचको संघर्ष चर्किँदै जाँदा ठूलो संख्यामा मानिस विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो समय करिब ७६ हजार मानिसले घर छाडेका छन्।
द्वन्द्वका कारण सुरक्षित स्थानको खोजीमा मानिसहरू अन्यत्र जान बाध्य भएका छन्। पछिल्लो एक सातामै विस्थापितको संख्या झन्डै चार गुणाले बढेको राष्ट्रसंघले जनाएको छ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार यमनको पश्चिमी तटीय क्षेत्र र ताइज प्रान्तमा विस्थापनका घटना सबैभन्दा बढी देखिएका छन्। ताइजका विभिन्न क्षेत्रमा मात्रै करिब ८ हजार ३ सय परिवारका ५० हजार मानिस विस्थापित भएको आईओएमको रिपोर्टमा उल्लेख छ।
सम्बन्धित खबर

प्रतिक्रिया