काठमाडौं । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार भक्तजनका लागि विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको छ।
भक्तजनको भीड व्यवस्थापनका लागि मन्दिरबाहिर पाँच र परिसरभित्र आठवटा लाइनको व्यवस्था गरिएको छ। महिला भक्तजनको संख्या बढी हुने भएकाले महिला सुरक्षाकर्मी थप परिचालन गर्न सरकारसँग अनुरोध गरिएको कोषले जनाएको छ।
यस्तै, ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिका सवारीसाधन कोषको कार्यालय परिसरमा पार्किङ गरिनेछ। अन्य सवारीसाधनका लागि भण्डारखाल, सिफल चौर, वनकाली, तिलगंगा र उमाकुण्डमा पार्किङको व्यवस्था गरिएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया