रसुवाको बाढीमा १,३८४ शव फेला, ४,०८९ अझै बेपत्ता


काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला परेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार चितवनमा सबैभन्दा बढी ३६४, नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९ र रसुवामा १८५ जनाको शव भेटिएको छ। गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ शव फेला परेका छन्।

फेला परेका शवमध्ये १ हजार २३० जनाको पहिचान तथा प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। पहिचान हुन नसकेका शवको डीएनए नमुना संकलन गरी सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।

बाढी प्रभावित मृतक तथा आफन्तबाट हालसम्म ३ हजार १३२ वटा डीएनए नमुना संकलन गरिएको छ। नेपाल प्रहरीको वेबसाइटमा पहिचान हुन बाँकी १ हजार ३३९ शवको विवरण राखिएको छ। बाढीमा परी ४ हजार ८९ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार