काठमाडौंसहित १९ जिल्लामा आकस्मिक बाढीको जोखिम


काठमाडौं। काठमाडौं र भक्तपुरसहित १९ जिल्लामा आइतबार आकस्मिक बाढीको जोखिम रहेको पूर्वानुमान गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार भारी वर्षाका कारण पाँचथर, संखुवासभा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, जाजरकोट, दैलेख र सुर्खेत तथा आसपासका जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्नेछ।

महाशाखाले ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। केही ठूला नदीमा समेत पानीको बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार