रुकुम पश्चिममा बोलेरो जिप दुर्घटना, ४ जनाको मृत्यु


काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँबाट सिम्ली बजारतर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।

आइतबार बिहान करिब साढे ८ बजे सानीभेरी–६ र ३ को सीमामा पर्ने डाँगडुङ्गी मोडमा जिप दुर्घटना भएको हो। दुर्घटनामा केही यात्रु घाइते भएको स्थानीयले बताएका छन्।

घटनाबारे थप विवरण संकलन गर्न जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र इलाका प्रहरी कार्यालय सिम्लीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ। जिपमा कति जना यात्रु सवार थिए भन्ने यकिन विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार