संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि छलफल हुँदै


काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आइतबार बिहान ११ बजे सिंहदरबारमा बस्दैछ।

बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ माथि दफावार छलफल हुने संसद सचिवालयले जनाएको छ। बैठकमा विविध विषयमा समेत छलफल हुनेछ।

विधेयकमाथिको छलफलका लागि कृषि, वन तथा पर्यावरणमन्त्री र मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार