आज राति पनि , केही स्थानमा भारी वर्षा हुने


काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

कोशी र बागमतीको हिमाली–पहाडी तथा गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर बदली रहनेछ। कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। वर्षाका कारण पहाडी तथा तराई क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार