चाइना साउदर्नको ग्वाङ्झाउ–नयाँदिल्ली उडान पुनः सुरु हुने


काठमाडौं । चाइना साउदर्न एयरलाइन्सले छ वर्षदेखि रोकिएको ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने भएको छ।

एयरलाइन्सले आगामी सेप्टेम्बर २१ (असोज ५) देखि उडान सेवा पुनः सुरु गर्ने घोषणा गरेको हो। ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)का अनुसार उडान पुनः सञ्चालनसँगै चाइना साउदर्नले दक्षिण एसियामा आठवटा रुटमा सातामा १०० भन्दा बढी राउन्ड–ट्रिप उडान सञ्चालन गर्नेछ।

चीनको दक्षिणी ग्वाङडोङ प्रान्तको ग्वाङ्झाउमा मुख्यालय रहेको चाइना साउदर्न एयरलाइन्स चीनका प्रमुख वायुसेवा कम्पनीमध्ये एक हो।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार