काठमाडौं । घट्टेकुलो नमूना टोल सुधार समितिले २० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। समितिले शनिबार आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान तथा १८औँ वार्षिक साधारणसभा कार्यक्रममा उहाँहरूलाई सम्मान गरिएको हो।
समितिका पूर्वअध्यक्ष एवं सल्लाहकार मोहनकुमार डाँगीका अनुसार समितिले हालसम्म ४९ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिसकेको छ। गत वर्ष मात्रै २९ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो।
डाँगीले साधारणसभाले समितिको नयाँ नेतृत्वसमेत चयन गर्ने जानकारी दिनुभयो।
सम्बन्धित खबर

प्रतिक्रिया