काठमाडौं । प्रधानमन्त्री बालेन शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ। वार्तामा शाहले रसुवाको भोटेकोशी बाढीपछि जारी खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका साथै बेपत्ता विदेशी नागरिकको खोजीबारे जानकारी गराए।
शाहले पाँच जना न्यूजिल्याण्डका नागरिकसहित बेपत्ता विदेशीको खोजीलाई उच्च प्राथमिकता दिइएको बताउँदै न्यूजिल्याण्डले उपलब्ध गराएको २० लाख न्यूजिल्याण्ड डलर बराबरको मानवीय सहयोगप्रति आभार व्यक्त गरे। उनले जलवायुजन्य विपद्का कारण नेपाल उच्च जोखिममा रहेकाले क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्यूजिल्याण्डको सहयोग आवश्यक रहेको बताए।
वार्ताका क्रममा न्यूजिल्याण्डका प्रधानमन्त्री लक्सनले बाढीबाट भएको जनधनको क्षतिप्रति न्यूजिल्याण्ड सरकार र जनताको तर्फबाट समवेदना तथा ऐक्यबद्धता व्यक्त गरे।
सम्बन्धित खबर

प्रतिक्रिया