सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले घट्यो


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ६० रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २ सय ५५ रुपैयाँले घटेर ४ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। १० ग्राम चाँदीको मूल्य ३ हजार ९ सय ४४ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार