काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) ले विभिन्न पदमा ६६६ जनाका लागि खुला प्रतियोगितामार्फत नयाँ भर्ना आह्वान गरेको छ।
सशस्त्र प्रहरी जवान पदमा ६०४ जना तथा विभिन्न ६ ट्रेडका सशस्त्र प्रहरी परिचरतर्फ ६२ जनाका लागि आवेदन खुलाइएको हो। जवानतर्फ खुला तथा समावेशी समूहका लागि छुट्टाछुट्टै कोटा निर्धारण गरिएको छ।
परिचरतर्फ भान्छे ३८, कुचिकार ८, केशकर्तक ७, सूचिकार ६, चर्मकर्मी २ र माली १ पदमा दरखास्त माग गरिएको छ।
दरखास्त फाराम भदौ ३० गतेदेखि असोज २८ गतेसम्म कार्यालय समयभित्र बुझाउनुपर्नेछ। अनलाइनबाट फाराम भर्ने आवेदकले आफूले रोजेको कार्यालयमा असोज ३० गतेभित्र स्वयं उपस्थित भई सक्कल फाराम बुझाउनुपर्नेछ।
प्रारम्भिक शारीरिक परीक्षणको तालिका कात्तिक १३ गते एपीएफको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत सार्वजनिक गरिनेछ।

सम्बन्धित खबर

प्रतिक्रिया