बाढी–पहिरोले बागमती र कर्णालीका सडक अवरुद्ध


काठमाडौँ । बाढी, पहिरो तथा सडक मर्मतका कारण बागमती र कर्णाली प्रदेशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।

रसुवाको उत्तरगया–५ खाल्टेमा त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडक पूर्ण रूपमा अवरुद्ध छ। नुवाकोटको छहरेखोलामा टोखा–छहरे सडक राति १० बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिएको छ भने बेत्रावती–१० सिमटारमा पासाङल्हामु सडकखण्ड पनि अवरुद्ध छ।

धादिङको कृष्णभीरमा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द छ। ज्वाङखोला र बाहकिलोका केही खण्डमा भने एकतर्फी यातायात सञ्चालन भइरहेको छ। सिन्धुपाल्चोकको घट्टेखोलामा अरनिको राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

काभ्रेमा सम्भावित बाढी–पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा परिस्थिति हेरेर सवारी सञ्चालन गरिँदैछ। यस्तै, मुगुको ताल्चामा मुगु–मुगुम कार्मारोङ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार