पैसा नभएपछि अस्पतालले निकाल्यो, सडकमा बच्चा जन्माउन बाध्य भइन् सुत्केरी


राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सरकारी अस्पतालमा उपचारका लागि पुगेकी एक विपन्न गर्भवती महिलाले पैसा अभावका कारण अस्पतालबाट उपचार नपाएको र अस्पतालको मूल गेटबाहिर सडकमा नै बच्चा जन्माउन बाध्य भएको आरोप लागेको छ।

बुधबार राति करिब २ बजे प्रसव पीडाले छटपटाउँदै अस्पताल पुगेकी ती महिलासँग उपचारका लागि पैसा मागिएको बताइएको छ। पैसा तिर्न नसकेपछि उनलाई अस्पतालबाट बाहिर निकालिएको र त्यसपछि अस्पतालको गेटबाहिर चिसो सडकमा नै प्रसव भएको दाबी गरिएको छ।

ती महिलाले प्रसव पीडाका बीच सहयोगका लागि गुहार मागे पनि समयमै चिकित्सकीय सहायता नपाएको बताइएको छ। सडकमा नै नवजात शिशुको जन्म भएपछि घटनाले सरकारी स्वास्थ्य सेवामाथि गम्भीर प्रश्न उठाएको छ।

घटनाबारे तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा विपन्न नागरिकले आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुन नपाउने व्यवस्था सुनिश्चित गर्न माग गरिएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार