कुँवर र खत्री सचिवमा बढुवा

ज्येष्ठताका आधारमा कुँवर, सिफारिसमा पहिलो नम्बरका खत्रीलाई सचिवको जिम्मेवारी


काठमाडौं । सरकारले दुई जना वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठ सहसचिव विनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

सचिव बढुवा सिफारिस समितिले बुधबार वरिष्ठताका आधारमा कुँवरलाई सचिवका लागि एकल सिफारिस गरेको थियो। त्यसैगरी अर्को एक रिक्त सचिव पदका लागि खत्रीसहित तीन जना सहसचिवको नाम सिफारिस गरिएको थियो।

उक्त सिफारिसमा पहिलो नम्बरमा रहेका उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।

यससँगै कुँवर र खत्री दुवै अब नेपाल सरकारको सचिवको जिम्मेवारीमा पुगेका छन्।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार