काठमाडौं । संखुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
गएराति वर्षासँगै आएको चट्याङ लागेर अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका पाँचखपन–८ पोख्राङका २८ वर्षीय उमेश दाहालको मृत्यु भएको हो। चट्याङ लागेर गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि पाँचखपन आधारभूत अस्पताल वाना पुर्याइएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
चट्याङ लागेर सोही ठाउँका ६४ वर्षीय पुष्पलाल कटवाल र ६२ वर्षीय छत्रबहादुर दाहाल गम्भीर घाइते भएका छन्। दुवै जनाको पाँचखपन आधारभूत अस्पताल वानामा उपचार भइरहेको प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया