सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन


काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २३ गते सार्वजनिक बिदाका दिन पनि अत्यावश्यक बैंकिङ सेवा नियमित सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

राष्ट्र बैंकअन्तर्गत बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्र प्राप्त संस्थालाई यस्तो निर्देशन दिएको हो। रसुवा, नुवाकोटलगायत जिल्लामा भदौ १० गते आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत वितरण, आर्थिक परिचालन तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन काउन्टर बैंकिङ सेवा सञ्चालन गर्ने निर्णय भएकाले सेवा नियमित राख्न निर्देशन दिइएको विभागले जनाएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार भदौ २३ गते जेन्जी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा भए पनि अत्यावश्यक बैंकिङ सेवा बन्द नगर्न राष्ट्र बैंकले भनेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार