सिरहामा १५७ किलो गाँजा बरामद


सिरहा । सिरहामा सशस्त्र प्रहरीले १५७ किलो २०७ ग्राम प्रतिबन्धित गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको मोबाइल गस्ती टोलीले औरही गाउँपालिका–४ इट्टाटारस्थित सीमा क्षेत्रबाट उक्त गाँजा बरामद गरेको हो।

बुधबार बिहान करिब १ः३५ बजे नेपालबाट भारततर्फ अवैध रूपमा गाँजा लैजाँदै गरेका व्यक्तिहरूले गस्ती टोलीलाई देखेपछि गाँजा छाडेर फरार भएका थिए।

बरामद गाँजा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार