रसुवामा बाढीपीडितलाई अनेरास्ववियूको सहयोग


काठमाडौं ।   अनेरास्ववियूले रसुवाका बाढीपहिरो प्रभावित नागरिकलाई राहत सामग्री वितरण गरेको छ। अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा नौकुण्ड गाउँपालिका–४ का २६ परिवारलाई घरदैलोमै पुगेर राहत दिइएको हो।

त्यस्तै, उत्तरगया गाउँपालिका–बेत्रावती क्षेत्रमा स्थानीय तहलाई खाद्यान्न, औषधि, लत्ताकपडा, सोलार, टर्चलाइट, भाँडाकुँडा र सरसफाइ सामग्री हस्तान्तरण गरिएको छ।

उपाध्यक्ष अशोक थापाले विपत्तिमा परेका नागरिकलाई सहयोग गर्ने अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने बताए।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार