काठमाडौं । रुस र उत्तर कोरियाबीचको पहिलो सडक पुल सोमबार टुमेन नदीमाथि उद्घाटन गरिएको छ। दुवै देशका अधिकारीले पुललाई द्विपक्षीय सम्बन्ध र सहकार्य थप मजबुत बनाउने महत्वपूर्ण पूर्वाधारका रूपमा प्रस्तुत गरेका छन्।
रुस–उत्तर कोरियाबीच पछिल्ला वर्षमा सैन्य तथा आर्थिक सहकार्य तीव्र हुँदै आएको छ। सन् २०२४ मा दुवै देशले पारस्परिक रक्षा सन्धि गरेका थिए भने उत्तर कोरियाले रुसको कुस्र्क क्षेत्रमा युक्रेनी सेनाविरुद्ध लड्न हजारौँ सैनिक पठाएको थियो।
दक्षिण कोरियाको केन्द्रीय बैंकका अनुसार रुससँगको बढ्दो आर्थिक सहकार्य उत्तर कोरियाको अर्थतन्त्र विस्तार हुनुका प्रमुख कारणमध्ये एक हो। यद्यपि, युक्रेनी अधिकार समूहले नयाँ पुल सैन्य आवतजावत र रुसी प्रविधि तथा स्रोत उत्तर कोरिया भित्र्याउन प्रयोग हुन सक्ने चिन्ता व्यक्त गरेको छ।
सम्बन्धित खबर

प्रतिक्रिया