काठमाडौं ।
संकटको घडीमा सरकारको परीक्षा भाषण र फेसबुकमा रंगाइने शब्दले होइन, राज्यको उपस्थितिले हुन्छ। अहिले बाढी प्रभावित नागरिक र ग्यासको चरम संकट झेलिरहेका आमउपभोक्ताको पीडामा सरकार गम्भीर बन्नैपर्छ।
१. बाढी प्रभावितलाई राज्यशक्तिको भरपूर साथ देऊ
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत वितरणमा कुनै कसर बाँकी नराख। राज्यसँग उपलब्ध सेना, प्रहरी, प्रशासन, प्रविधि, स्रोत–साधन र सम्पूर्ण संयन्त्रलाई अधिकतम परिचालन गर।
हराइरहेका नागरिकको खोजी र पीडितको उद्धारमा राज्यको अन्तिम शक्ति प्रयोग गर।
२. ग्यास संकट तत्काल समाधान गर
ग्यासको चरम अभावले नागरिकलाई खाना पकाउनसमेत समस्या भइरहेको छ। संकटका नाममा नागरिकलाई थप दुःख, सास्ती र हैरानी दिने अवस्था तत्काल अन्त्य गर।
आपूर्ति सहज बनाऊ, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर र नागरिकको चुल्हो निभ्न नदेऊ।
प्रशासनपोस्टको सरकारसँग स्पष्ट आग्रह : संकटमा सरकार देखिनुपर्छ, सुनिनुपर्छ र काम गर्नुपर्छ।

प्रतिक्रिया