काठमाडौँ। इरानको सानन्दज–हमादान राजमार्गमा इन्धन बोकेको ट्याङ्करले मिनीबसलाई ठक्कर दिँदा भएको आगलागी र विस्फोटमा ११ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
घटना शनिबार साँझ सानन्दज शहरको प्रवेशद्वारनजिक भएको हो। प्रारम्भिक विवरणअनुसार २० हजार लिटर पेट्रोल बोकेको ट्याङ्करले मिनीबसलाई पछाडिबाट ठक्कर दिएपछि आगलागी भएको थियो।
दुर्घटनामा ट्याङ्कर र मिनीबसका चालकसहित ११ जनाको मृत्यु भएको इरानी समाचार एजेन्सी इरनाले जनाएको छ। घटनापछि कुर्दिस्तान प्रान्तमा दुई दिनको सार्वजनिक शोक घोषणा गरिएको छ।
प्रारम्भिक अनुसन्धानमा ट्याङ्करको ब्रेकमा आएको प्राविधिक समस्याका कारण दुर्घटना भएको देखिएको अधिकारीहरूले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
सम्बन्धित खबर

प्रतिक्रिया