चिलिमे सुरुङमा उद्धार तीव्र, १०० मिटर भाग सफा


काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली र भारतीय सेनाको टोलीले काम तीव्र बनाएको छ। सुरुङभित्र खटिएका २१ जनाले माटो तथा भग्नावशेष हटाउने काम गरिरहेका छन्।

२५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग सफा गरिएको छ। थप उद्धारका लागि ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्‍याउन स्याफ्रुबेँसीदेखि पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माण सुरु गरिएको छ।

सुरुङमार्फत नै एक्स्काभेटर लैजाने विकल्पमा समेत काम भइरहेको छ। सडक अवरुद्ध र प्रतिकूल मौसमका कारण उद्धारमा चुनौती देखिए पनि आवश्यक उपकरण पुर्‍याउने र सुरुङ सफा गर्ने काम जारी रहेको उद्धार टोलीले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार