काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
महासंघका कार्यवाहक अध्यक्ष धर्मसुन्दर बज्राचार्यको नेतृत्वमा पदाधिकारी तथा सदस्यहरूको सहभागितामा उक्त रकम कोषमा जम्मा गरिएको हो।
महासंघका महासचिव किरण भाई बज्राचार्यका अनुसार विपद्को समयमा राष्ट्र र नागरिकप्रतिको सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले सहयोग गरिएको हो। महासंघले यसलाई मानवीय संवेदना, सामाजिक एकता र सेवाभावको अभिव्यक्तिका रूपमा लिएको जनाएको छ।
आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यमा सक्रिय रहने महासंघले प्रतिबद्धता जनाएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया