बेपत्ता कोरियाली नागरिकको खोजीबारे छलफल गर्न विदेशमन्त्री चो नेपाल आउँदै


काठमाडौं । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन आज शनिबार नेपाल आउँदै हुनुहुन्छ। रसुवाको भोटेकोसीमा आएको बाढीपहिरोमा बेपत्ता भएका नौ जना कोरियाली नागरिकको खोजी तथा उद्धारबारे छलफल गर्न उहाँ नेपाल आउन लाग्नुभएको हो।

तीनदिने नेपाल भ्रमणका क्रममा चोले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्नुहुनेछ। भेटमा बेपत्ता नागरिकको खोजीलाई तीव्र बनाउने उपाय, प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र दुई देशबीचको सम्बन्धबारे छलफल हुने बताइएको छ।

चोले नेपालमा परिचालित कोरिया डिजास्टर रिलिफ टिम (केडीआरटी) तथा उद्धारमा संलग्न कम्पनीका प्रतिनिधिसँग पनि भेट गर्नुहुनेछ। बाढीपछि बेपत्ता नौ जना कोरियाली नागरिकको खोजीमा हेलिकोप्टर, ड्रोन, खोजी कुकुर र थर्मल इमेजिङ प्रविधि प्रयोग भइरहेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार