काठमाडौं । जिल्ला कारागार मोरङका १९ जना कैदीबन्दीलाई झापा, झुम्का र वीरगन्ज कारागारमा स्थानान्तरण गरिएको छ।
कैदीबन्दीबीच विवाद भएपछि उनीहरूलाई अन्य कारागारमा सारिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। सूचना अधिकारी मकेन्द्रकुमार मिश्रका अनुसार स्थानान्तरणका लागि यसअघि नै सूची तयार गरिएको थियो।
तर कारागारभित्रबाट आवश्यक सहयोग नहुँदा उनीहरूको स्थानान्तरण रोकिएको थियो। पछिल्लो विवादपछि भने स्थानान्तरण गरिएको मिश्रले बताए।
यसअघि प्रहरी कारागारभित्र प्रवेश गरेको विषयलाई लिएर कैदीबन्दीले प्रहरी प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका थिए।
सम्बन्धित खबर

प्रतिक्रिया