त्रिशूली थ्री ‘ए’बाट उद्धार गरिएका सञ्जयको अवस्था सामान्य


काठमाडौं । रसुवामा आएको बाढीपछि त्रिशूली थ्री ‘ए’को सुरुङबाट जीवितै उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ।

उद्धारपछि नेपाली सेनाले गरेको स्वास्थ्य परीक्षणमा साहको अवस्था सामान्य देखिएको हो। नेपाली सेनाले पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

साहसँगै उद्धार गरिएका कवीर महर्जनलाई भने थप उपचारका लागि छाउनी अस्पताल ल्याइँदै छ। उनलाई हेलिकप्टरमार्फत अस्पताल लगिँदै छ।

रसुवामा बाढी आएको १० दिनपछि नेपाली सेना, सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले सुरुङबाट महर्जन र साहलाई जीवितै उद्धार गरेको हो।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार