त्रिशूली थ्री ‘ए’बाट उद्धार गरिएका कविर छाउनी अस्पताल ल्याइँदै


काठमाडौं । रसुवा बाढीपछि त्रिशूली थ्री ‘ए’को सुरुङबाट जीवितै उद्धार गरिएका कविर महर्जनलाई उपचारका लागि काठमाडौंस्थित छाउनी अस्पताल ल्याइँदै छ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार महर्जनलाई हेलिकप्टरमार्फत छाउनी अस्पताल ल्याउन लागिएको हो।

रसुवा बाढी आएको १० दिनपछि नेपाली सेना, सशस्त्र प्रहरीलगायतको संयुक्त टोलीले त्रिशूली थ्री ‘ए’को सुरुङबाट महर्जन र सञ्जय साहलाई जीवितै उद्धार गरेको थियो।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार