त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकासँग दोहोरो संवाद, उद्धारमा आशा बढ्यो


काठमाडौं ।   त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूसँग उद्धार टोलीको दोहोरो संवाद भएको छ। उद्धार टोलीले नआत्तिन आग्रह गर्दा सुरुङभित्रबाट स्पष्ट रूपमा ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको हो।

सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको र उनीहरू जीवित तथा सचेत अवस्थामा रहेको पुष्टि भएपछि उद्धार कार्यमा थप उत्साह थपिएको छ।

सांसद श्रीराम न्यौपानेका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अत्यन्त सावधानीपूर्वक उद्धार कार्यलाई तीव्रता दिएको छ। घटनास्थलमा थप प्राविधिक सहयोग तथा उद्धार उपकरण परिचालन गरिएको छ।

सुरुङको जटिल बनावटका बाबजुद फसेका व्यक्तिहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न उद्धार टोलीले निरन्तर प्रयास गरिरहेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार