नारायणप्रसाद भट्ट सचिवमा बढुवा


१ नम्बरमा रहेका  नारायणप्रसाद भट्ट सचिवमा बढुवा

काठमाडौं । सरकारले वरिष्ठ सहसचिव नारायणप्रसाद भट्टलाई सचिवमा बढुवा गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

यसअघि लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहेको सचिव बढुवा सिफारिस समितिले सचिव पदका लागि वरिष्ठ सहसचिवहरू नारायणप्रसाद भट्ट, विनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीको नाम सरकारसमक्ष सिफारिस गरेको थियो।

समितिले पहिलो नम्बरमा सिफारिस गरेका भट्टलाई सरकारले सचिवमा बढुवा गरेको हो।

उनलाई कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार