विपद् राहतमा थकालीको रु. १५ लाख १ हजार र २,१०० केजी चामल सहयोग


काठमाडौं । थकाली (सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योग प्रा. लि.) ले विपद् प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि रु. १५ लाख १ हजार नगद सहयोग गरेको छ।

कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गर्नुका साथै विपद् प्रभावित समुदायका लागि २,१०० केजी थकाली चामलसमेत सहयोग गरेको जनाएको छ।

सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहँदै विपद्को कठिन समयमा प्रभावित परिवारसँग ऐक्यबद्धता जनाउन तथा राहत कार्यमा योगदान पुर्‍याउने उद्देश्यले सहयोग गरिएको कम्पनीले जनाएको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार