काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
बैंकले चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर दिने भएको हो। हाल बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ।
बुक क्लोजअघि कायम सेयरधनीले नेपाल राष्ट्र बैंक र बैंकको साधारण सभाबाट स्वीकृति पाएपछि उक्त लाभांश प्राप्त गर्नेछन्।
बैंकले अघिल्लो आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
सम्बन्धित खबर

