छोचेन खोलाको प्रभाव खाडलमा हिमचट्टान भत्किने जोखिम कायमै


काठमाडौं । नेपालको छोचेन खोलामा बनेको प्रभाव खाडल (इम्प्याक्ट क्रेटर) वरपरका हिमचट्टान तथा हिमखण्ड भत्किने जोखिम अझै कायम रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।

चिनियाँ सञ्चारमाध्यम सीसीटीभी न्युजका अनुसार, मंगलबार मन्त्रालयले ग्यिरोङ साङ्पो नदी बेसिनमा आएको लेदोसहितको बाढीसम्बन्धी जोखिमको निरन्तर मूल्याङ्कन र अनुगमन भइरहेको जनाएको हो।

हालै गरिएको रिमोट सेन्सिङ तस्वीरको विश्लेषणमा ग्यिरोङ साङ्पो नदी बेसिनका पहिचान गरिएका १४ हिमतालको जलसतहमा उल्लेखनीय परिवर्तन नदेखिएको र ती हिमतालहरू समग्रमा स्थिर रहेको मन्त्रालयले जनाएको छ।

मंगलबार बिहान नेपाली समयअनुसार ५ः४५ बजे खिचिएको ड्रोन तस्वीरअनुसार छोचेन खोलाको प्रभाव खाडलमा जम्मा भएको पानीको अधिकांश भाग बगेर निकास भइसकेको छ। तल्लो तटीय क्षेत्रमा नदीको बहावसमेत सामान्य रहेको जनाइएको छ।

तर, प्रभाव खाडल आसपासका हिमनदी तथा हिमखण्ड भत्किन सक्ने जोखिम भने अझै रहेकाले सम्भावित जोखिमप्रति निगरानी आवश्यक रहेको चिनियाँ पक्षले जनाएको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार