भोटेकोशी बाढीका पहिचान नखुलेका शव काठमाडौंमा व्यवस्थापन गरिने


काठमाडौं । भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान नखुलेका शव काठमाडौंमा व्यवस्थापन गरिने भएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार सरकारी वन क्षेत्रमा शव व्यवस्थापन गर्ने तयारी गरिएको छ। उपयुक्त स्थान खोज्न तीन–चार दिनको प्रयासपछि ठाउँ पहिचान गरिएको उनले बताए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ९८७ शव प्राप्त भइसकेका छन्। तीमध्ये करिब १०० शव काठमाडौं ल्याइएको छ।

फिस्लिङदेखि गोलाघाटसम्म संकलन भएका पहिचान नखुलेका शव यसअघि चितवनमा व्यवस्थापन गरिएको थियो। बाढी आएको तेस्रो दिनमै शवगृहको क्षमता नपुगेपछि शव करिडोरमै कुहिने अवस्था आएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका अस्पतालमा करिब ६०० शव राख्न सक्ने क्षमता छ।

 

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार