काठमाडौं । चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालको उच्च उचाइमा रहेको हिमनदी भत्किएपछि पछिल्लो बाढी तथा विपत्ति आएको बताएका छन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा केरूङ र नेपालमा आएको बाढीबारे पत्रकारको प्रश्नको जवाफ दिँदै प्रवक्ता लिनले चीन र नेपालका विज्ञ तथा सम्बन्धित आधिकारिक निकायको प्रारम्भिक मूल्याङ्कनअनुसार उच्च उचाइमा रहेको एउटा हिमनदी भत्किएपछि विपत्ति आएको जानकारी दिएका हुन्।
उनले बाढीबाट उत्पन्न अवस्थाबारे चिनियाँ कम्युनिस्ट पार्टीको बैठकले गरेका निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए।
यसैबीच, चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले उच्च हिमाली क्षेत्रमा ग्लेसियर पग्लिएर ताल बन्न थालेको जनाउँदै ड्रोनबाट खिचिएको तस्बिर सार्वजनिक गरेको छ।
२०८३ भाद्र १२, शुक्रबार १७:०९ प्रकाशित


