ADVERTISEMENT

रसुवा बाढी : ३ हजार २५३ जनाको उद्धार

काठमाडौं । रसुवामा बाढीका कारण विभिन्न स्थानमा फसेका ३ हजार २५३ जनाको उद्धार गरिएको छ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार उद्धारका लागि नेपाली सेनाका ६ र निजी क्षेत्रका ९ गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ।

प्रभावित क्षेत्रमा १० ट्रकभन्दा बढी राहत सामग्री पठाइएको छ। सरकारले अहिले उद्धार कार्यलाई प्राथमिकतामा राखेको मन्त्री पोखरेलले बताएका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार