बाढी प्रभावित नेपाललाई चीनले आपत्कालीन सहयोग गर्ने


काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को राजनीतिक ब्यूरोको बैठकले बाढी तथा पहिरोबाट प्रभावित नेपालका क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको बैठकले चीनको ग्यिरोङ–केरुङ क्षेत्रमा आएको प्राकृतिक विपत्तिको समीक्षा गर्दै नेपालमा समेत उद्धार तथा राहत सहयोग अघि बढाउने निर्णय गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

बैठकले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र, व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिँदै बेपत्ता चिनियाँ तथा विदेशी नागरिकको खोजीमा हरसम्भव प्रयास गर्न जोड दिएको छ।

अत्यधिक चिसो हिमाली भूगोल, भिराला उपत्यका, परिवर्तनशील मौसम, हिमनदी तथा हिमतालका कारण उद्धार कार्य चुनौतीपूर्ण रहेको बैठकले जनाएको छ।

२०८३ भाद्र १२, शुक्रबार १४:५१ प्रकाशित
ट्रेन्डिङ समाचार