बाढी प्रभावित क्षेत्रमा चिनियाँ प्रधानमन्त्री लीको भ्रमण


काठमाडौं ।  चीनका प्रधानमन्त्री ली छ्याङ बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा उद्धार कार्यको अवस्थाबारे जानकारी लिन प्रभावित क्षेत्रमा पुगेका छन्। नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनी आज बाढी प्रभावित क्षेत्रमा पुगेका हुन्।

बुधबार आएको विनाशकारी बाढीपहिरोपछि नेपालतर्फ करिब १०० जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार नियमित पत्रकार सम्मेलनमा नेपालतर्फको विपद् प्रभावित क्षेत्रमा करिब १०० चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिएका हुन्।

चीनतर्फ भने बिहीबार बिहान ८ बजेसम्म तीन जनाको मृत्यु भएको र ५५८ जना बेपत्ता रहेको जनाइएको छ। उद्धार टोलीले दुई जना स्थानीय गाउँलेको उद्धारसमेत गरेको थियो।

चीनले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ।

२०८३ भाद्र ११, बिहीबार १५:२२ प्रकाशित
ट्रेन्डिङ समाचार