रसुवा बाढीका २६ घाइते काठमाडौंमा, एकको मृत्यु


काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीमा परी घाइते भएका २६ जनालाई त्रिवि शिक्षण अस्पतालमा ल्याएर उपचार भइरहेको छ। उपचारका क्रममा २५ वर्षीय एक पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार ६ जना घाइतेको आईसीयूमा उपचार भइरहेको छ। बाढी प्रभावित क्षेत्रबाट थप ५० देखि ६० जना घाइते उपचारका लागि आउन सक्ने सूचना अस्पतालले पाएको छ।

सम्भावित बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले चिकित्सक, उपचार टोली र आवश्यक सेवाहरू तयारी अवस्थामा राखेको जनाएको छ।

२०८३ भाद्र ११, बिहीबार १३:१३ प्रकाशित
ट्रेन्डिङ समाचार