ADVERTISEMENT

ओ एण्ड एम सर्वेक्षण अन्तिम चरणमा :२२ हजार दरबन्दीमा चल्यो कैँची, २ हजार ५७७ पद कटौती; प्रशासन सेवामै ४९९ पद घटाइयो

सशस्त्र वन रक्षकका सबै १,००५ पद खारेज

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालयमा गरेको संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) सर्वेक्षण अन्तिम चरणमा पुर्‍याउँदा करिब २२ हजार दरबन्दीमध्ये २ हजार ५७७ पद कटौती गरिएको छ ।

केही निकायको ओ एण्ड एम भने अझै बाँकी छ। प्रस्तावअनुसार प्रशासन सेवामा मात्रै ४९९ दरबन्दी घटाइएको छ । राजपत्र अनंकित प्रथम र द्वितीय श्रेणीमा समेत ३४५ पद कटौती  गरिएको छ। यसले प्रशासन सेवाको तल्लो तहदेखि माथिल्लो तहसम्मकै दरबन्दी संरचना पुनर्संरचना गर्न लागिएको देखाउँछ।

त्यस्तै, सशस्त्र वन रक्षकका १ हजार ५ पद नै खारेज  गरिएको छ। विभिन्न मन्त्रालय तथा मातहतका निकायमा आवश्यकता, कार्यबोझ र जिम्मेवारीको पुनर्मूल्यांकन गर्दै दरबन्दी घटाउने तथा संरचना मिलाउने काम भइरहेको सरकारले जनाएको छ।

दरबन्दी कटौतीको मुख्य तस्वीर

सेवा/समूह हालको दरबन्दी प्रस्तावित फरक
विशिष्ट ३७ २६ -११
आर्थिक योजना तथा तथ्यांक ३१० २९० -२०
नेपाल इन्जिनियरिङ १,७८७ १,५९० -१९७
नेपाल कृषि १,०७२ ९४२ -१३०
नेपाल न्याय १९६ १९७ +१
नेपाल परराष्ट्र १ १ ०
नेपाल प्रशासन ६,५४५ ६,०४६ -४९९
नेपाल वन ९५६ ८९० -६६
नेपाल विविध १,८३८ १,७२८ -११०
नेपाल शिक्षा ७७६ ७५७ -१९
नेपाल स्वास्थ्य १,९७६ १,९९१ +१५
महिला सिप विकास ९ ९ ०
सशस्त्र वन रक्षक १,००५ ० -१,००५
श्रेणीविहीन ५,७३८ ५,२०२ -५३६
कुल २२,२४६ १९,६६९ -२,५७७

सबैभन्दा ठूलो कटौती कहाँ ?

यो तथ्यांकमा सबैभन्दा रोचक पक्ष के देखिन्छ भने दरबन्दी कटौतीको ठूलो हिस्सा प्रशासन सेवा मात्र होइन, सशस्त्र वन रक्षक र श्रेणीविहीन पदमा समेत परेको छ।

  • सशस्त्र वन रक्षक : १,००५ पद घटाइएको
  • श्रेणीविहीन : ५३६ पद घटाइएको
  • नेपाल प्रशासन : ४९९ पद घटाइएको
  • नेपाल इन्जिनियरिङ : १९७ पद घटाइएको
  • नेपाल कृषि : १३० पद घटाइएको
  • नेपाल विविध : ११० पद घटाइएको
  • नेपाल वन : ६६ पद घटाइएको

अर्थात् प्रशासन सेवाका मात्रै ४९९ दरबन्दी कटौती प्रस्तावित छ। प्रशासनतर्फ ६ हजार ५४५ बाट ६ हजार ४६ मा झारिएको छ।

तहगत रूपमा प्रशासनमा कहाँ कति कटौती ?

नेपाल प्रशासन सेवाको विवरण अझै महत्वपूर्ण छ :

तह/श्रेणी हाल प्रस्तावित कटौती
रा.प.अनं. तृतीय ३ ० ३
रा.प.अनं. द्वितीय ९६६ ८०३ १६३
रा.प.अनं. प्रथम २,९२० २,७३८ १८२
रा.प. तृतीय १,८९५ १,८२९ ६६
रा.प. द्वितीय ५९५ ५४५ ५०
रा.प. प्रथम १६५ १३१ ३४
अन्य १ ० १
जम्मा ६,५४५ ६,०४६ ४९९

यसबाट हेर्दा राजपत्र अनंकित प्रथम र द्वितीय श्रेणीमै मात्रै ३४५ दरबन्दी  घटाइएको छ ।। अर्थात् प्रशासन सेवाको तल्लोदेखि माथिल्लो तहसम्म नै दरबन्दी पुनर्संरचना गरिएको देखिन्छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार