उपचारपछि देउवा स्वदेश फर्किए


काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपछि बिहीबार काठमाडौं फर्किएका छन्।

देउवा दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि उनी पत्नी आरजु राणा देउवासँगै उपचारका लागि सिंगापुर गएका थिए।

देउवा फर्किएपछि उनको स्वागतका लागि कांग्रेसको संस्थापन इतर समूहका नेताहरू विमानस्थल पुगेका थिए।

२०८३ श्रावण २८, बिहीबार १२:४९ प्रकाशित
ट्रेन्डिङ समाचार