काठमाडौं । ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोको अवसरमा व्यक्तिगत गाडी कर्जामा विशेष योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा ०.५ प्रतिशत प्रिमियम थप गरी कर्जा लिन सक्नेछन्। हालका लागि उक्त कर्जाको न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ।
त्यस्तै, नयाँ विद्युतीय गाडी खरिद गर्ने ग्राहकका लागि बैंकले तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको योजना ल्याएको छ। तीन वर्षपछि भने बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण हुनेछ।
बैंकले एक्सपोस्थलमै कर्जा आवेदन दिन सकिने व्यवस्था गरेको छ भने आवश्यक कागजात पूरा गरेपछि अधिकतम तीन दिनभित्र कर्जा स्वीकृति प्रदान गर्ने जनाएको छ।
२०८३ श्रावण २६, मंगलवार १६:०५ प्रकाशित

