म्याग्दीमा विद्युतगृह पहिरोले पुरिंदा एक जना बेपत्ता, एक घाइते


काठमाडाैं । म्याग्दीको हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता भएका छन्।

अन्नपूर्ण गाउँपालिका-६ स्थित घारा हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता भएको नेपाल प्रहरीले जानएको छ।

मंगलबार बिहान करिब सवा ५ बजे घारा हाइड्रोपावरमा माथिबाट ढुंगासहितको पहिरो खसेको हो।

पहिरो खस्दा हाइड्रोपावरमा काम गर्ने क्रममा ड्युटीमा रहेका म्याग्दी, अन्नपूर्ण गाउँपालिका-६ का अन्दाजी ५५ वर्षीय दिपक बरुवाल पहिरोमा पुरिएर बेपत्ता भएका हुन्।

सोही पहिरोबाट खसेको ढुंगाले हाइड्रोपावरमा काम गर्न जाने क्रममा गौरीगंगा नगरपालिका-५ का ३१ वर्षीय सुरेन्द्र विकलाई लाग्दा घाइते भएका छन्।

उनको दाहिने हात र दुवै खुट्टामा चोट लागेको छ। उनको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ। घटनास्थलमा भुरूङ तातोपानीबाट प्रहरी नायब निरीक्षक मोहन गुरुङको कमाण्डमा प्रहरी टोली खटिएर बेपत्ता बरुवालको खोजी कार्य भइरहेको छ।

२०८३ श्रावण २६, मंगलवार ०८:०६ प्रकाशित
ट्रेन्डिङ समाचार