बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प


काठमाडौं । आज बिहान बझाङको कोटदेवल केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:४० बजे गएको भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा महसुस गरिएको थियो।

हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

२०८३ श्रावण ६, बुधबार १०:०३ प्रकाशित
ट्रेन्डिङ समाचार