बागमती, गण्डकी, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ्गसहित भारी वर्षा


काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज देशका अधिकांश स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बागमती, गण्डकी, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ्गसहित भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

रातिको समयमा पनि देशका विभिन्न भूभागमा वर्षा जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

२०८३ श्रावण ६, बुधबार ०७:३१ प्रकाशित
ट्रेन्डिङ समाचार