आयोगका निर्देशक छनोट प्रक्रिया अघि बढ्यो, १२ उम्मेदवार सर्टलिस्टमा


काठमाडौं । चिकित्सा शिक्षा आयोगले आयोग अन्तर्गतका चार निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजका निर्देशक पदका लागि १२ जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ।

गत असार २६ गते आह्वान गरिएको आवेदनका आधारमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ। सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन ८ गते शुक्रबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको बैठक कक्षमा सञ्चालन हुने आयोगले जनाएको छ।

२०८३ श्रावण ६, बुधबार १२:५८ प्रकाशित
ट्रेन्डिङ समाचार