काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग हस्तकला उद्योगको विस्तार, प्रवर्द्धन तथा अर्थतन्त्रमा यसको योगदानबारे छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार छलफलमा महासङ्घका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न धाक्ख्वा तथा निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनेछन्।
छलफलले हस्तकला क्षेत्रको विकास र निर्यात प्रवर्द्धनका विषयमा केन्द्रित हुने जनाइएको छ।