बौद्धमा युवतीद्वारा आत्मदाह प्रयास, ५० प्रतिशत शरीर जलेको


काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक ३० वर्षीया एक युवतीले आत्मदाहको प्रयास गरेकी छन्। काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी सालु गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा पेट्रोल छर्केर शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार घटनापछि श्रीमानले उनलाई शुस्मा कोइराला मेमोरियल अस्पताल, साँखु पुर्‍याएका थिए। त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरिएको छ।

प्रहरीका अनुसार गुरुङको अनुहार, छाती र दुवै हातसहित शरीरको करिब ५० प्रतिशत भाग जलेको छ। प्रारम्भिक अनुसन्धानमा घरायसी विवादपछि उनले आत्मदाहको प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ।

२०८३ श्रावण ५, मंगलवार ०९:१६ प्रकाशित
ट्रेन्डिङ समाचार