इतिहास रच्दै केप भर्डे नकआउटमा, अब अर्जेन्टिनासँग भिडन्त


काठमाडौं । फिफा विश्वकप २०२६ मा पहिलो पटक सहभागी केप भर्डेले अपराजित यात्रासहित नकआउट चरणमा स्थान बनाएको छ । समूह ‘एच’ मा तीन खेलमा लगातार बराबरी गर्दै उसले ३ अंक जोड्दै उपविजेता बनेको हो ।

समूहमा स्पेन ७ अंकसहित शीर्ष स्थानमा रहँदै नकआउट पुगेको छ भने उरुग्वे अन्तिम खेलमा स्पेनसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ ।

डेब्यु गर्ने चार राष्ट्रमध्ये केप भर्डे मात्र नकआउटमा पुग्न सफल भएको छ । अन्य नयाँ टोलीहरू कुरासाओ, उज्बेकिस्तान र जोर्डन समूह चरणमै रोकिएका छन् ।

अब राउन्ड अफ ३२ मा केप भर्डेले साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ, जसले ठूलो चुनौतीको संकेत गरेको छ ।

२०८३ असार १३, शनिबार ०९:१७ प्रकाशित
ट्रेन्डिङ समाचार